युगान्डा टूरमा जाने नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको बिदाई

डिसी नेपाल
२१ फागुन २०८१ १७:०१
104
Shares

काठमाडौं । युगाण्डा टूरमा जाने नेपाली राष्ट्रिय महिला टिमलाई नेपाल क्रिकेट संघले बिदाई गरेको छ। सो अवसरमा क्यानका सचिव पारस खड्का लगायतले टिमलाई सफलताको शुभकामना दिएका थिए।

युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा मार्च ८  देखि १६ सम्म युगाण्डामा संचालन हुने चार देशीय सिरिजका लागि क्यानले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको छ।

जसमा कप्तान इन्दु बर्मा, विन्दु रावल, रिया शर्मा, सम्झना कुमारी खड्का, ममता चौधरी, पुजा महतो, राजमती ऐरी, कविता जोशी, रुबिना क्षेत्री, अलिसा कुमारी यादव, रोमा थापा, रचना चौधरी, सना प्रवीन र ईश्वरी विष्ट छन्। यस टूरमा सिता राना मगर, युवा खेलाडी मनिषा उपाध्यायलाई बाहिर राखिएको छ।

युगाण्डामा नेपालले युगाण्डा, हङकङ र नामिबिया सम्मिलित चार देशीय सिरिज खेल्दै छ। जस अनुसार नेपालले पहिलो खेल मार्च ८ मा नामिबियाविरुद्ध, मार्च ९ मा युगाण्डाविरुद्ध, मार्च १० मा हङकङविरुद्ध, मार्च १२ मा नामिबियाविरुद्ध, मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ।

त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *