काठमाडौंको माइतीघरमा बृहत प्रदर्शन गर्ने तयारीमा शिक्षक

डिसी नेपाल
२१ फागुन २०८१ १८:२५
176
Shares

काठमाडौं । नेपाल शिक्षक महासंघले आगामी फागुन २४ गते काठमाडौंको माइतीघरमा बृहत प्रदर्शन गर्ने भएको छ। संसद्मा विचाराधीन रहेको संघीय शिक्षा ऐनमा आफूहरूका विभिन्न मुद्दाहरु समेटिनुपर्ने मागसहित शिक्षकहरुले प्रदर्शन गर्न लागेका हुन्।

अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, शिक्षकहरूलाई स्थानीय सरकार मातहत राख्न नहुनेलगायत उनीहरूको माग रहेको छ।

बाल कक्षा शिक्षक (इसीडी), अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकनलगायत विषय शिक्षकहरूले अगाडि सारेका छन्।

नेपाल राहत शिक्षक केन्द्रीय समितिले पनि ७७ वटै जिल्ला समिति र सात प्रदेशका समितिहरुलाई काठमाडौंमा हुने प्रदर्शनमा सहभागी हुन सर्कुलर जारी गरेको छ।

राहत शिक्षक केन्द्रीय समितिले काठमाडौं, भक्तपुर र ललितपुरका राहत शिक्षकहरुको उपस्थिति अनिवार्य गराएको छ। उक्त प्रदर्शनमा देशभरबाट ३६ हजारभन्दा बढी शिक्षकहरु काठमाडौं आउने तयारी रहेको महासंघले गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *