बर्दिया कारागारमा क्षमताभन्दा बढी कैदी
साकेतिक तस्वीर
धम्बोझी। बर्दियाको कारागारमा क्षमताभन्दा बढी कैदी भएपछि कैदी बन्दीलाईसँगै जेल प्रशासनलाई पनि व्यवस्थापनको समस्या भएको छ। जिल्लाको एकमात्र कारागारमा १०० पुरुष र २५ महिला गरी १२५ को क्षमता रहे पनि अहिले २६० पुरुष र १२ महिलासहित २७२ कैदीबन्दी रहेका छन्।
जिल्ला कारागार बर्दियाका निमित्त जेलर डिल्ली पौडेलले कारागारको भवन पुरानो र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समस्या भइरहेको बताए। उनले भने, “बर्दिया जिल्लामा घर भएका कैदी अन्यत्र जान नचाहेकाले पनि क्षमताभन्दा बढी कैदीबन्दी राख्दा समस्या आएको छ ।’’
कारागारको क्षमताभन्दा बढी कैदी बन्दी हुँदा आफूहरुले अनेक समस्या झेल्नु परेको बन्दीको गुनासो छ। क्षमताभन्दा बढी कैदी बन्दी भएपछि शौचालय, विद्युत्, खानेपानी र स्वास्थ्योपचारमा समस्या हुने गरेको कारागारका बन्दी सुमन थारुले बताए। उनी भन्छन्, ‘‘शौचालय जानसमेत पालो पर्खनु परेको छ। पर्याप्त पानी नहुँदा दुर्गन्ध फैलने गर्दछ ।’’
No ads found for this position


डिसी नेपाल
Facebook Comment