नर्थ क्यारोलिनाका सेलिब्रेटी नेपाली रियल्टर

डिसी नेपाल
२३ फागुन २०८१ १३:४१
1.3k
Shares

अमेरिका। मानव अधिकारवादी वकिलको हैसियतले नेपालमा डेढ दशक दु:खी पीडितको पक्षमा वकालत गरेका बस्नेत अमेरिका आएपछि नयाँ पहिचान बनाएका छन्, रियल्टरको जसले घरजग्गा कारोबारको काम गर्छन्। मानव अधिकारबादी वकिल, पत्रकार हुँदै अमेरिका आएपछि रियल्टर बनेका उनी नर्थक्यारोलिनामा कहलिएका रियल्टरको छवि बनाएका छन्।

टेक्सासको लबक शरहबाट नर्थकेरोइना सरेका माधब पौडेल  जीतमान बस्नेतलाई सम्पर्क गरेर उनकै सहयोगमा घर किने।

‘यहाँका साथीभाईले नि घर किन्ने भन्ने बित्तिकै उहाँकै नाम लिए’ नर्थकेरोइनाको गार्नरमा डिलीजेन्ट ट्राभल एजेन्सी चलाएर बसेका पौडेल संझन्छन् , ‘घर कारोबारमा कहलिएका, अनुभबी हरेक कुरामा सहयोग गर्न तम्सिने स्वभावका कारण उहाँको सहयोग लिए।’

अमेरिकामा रहेका धेरै नेपालीहरुको गन्तव्य बनिरहेको नर्थकेरोलाइना राज्यको राले शहरमा घर किनबेच कारोबारमा सेलिब्रेटी जस्तै बनेका छन् जीतमान बस्नेत

माधव जस्तै सामाजिक संजाल ब्यतिगत सम्पर्कमार्फत घर किन्नेको संख्या बढ्दो छ। न्युयोर्क देखि क्यालिफोर्निया, भर्जिनिया देखि वासिङ्टन सियाटल सम्म टिकटक, फेसबुक मार्फत सम्पर्क गरेर घर किन्नेहरु संख्या ठूलो छ।

अमेरिकामा रहेका धेरै नेपालीहरुको गन्तव्य बनिरहेको नर्थ केरोलाइनामा सर्नु अघि क्यालिफोर्निया देखि न्युयोर्क, टेक्सास देखि केन्टकी लगाएत अमेरिकाका धेरै राज्यबाट घर किन्दा जितमानको सल्लाह लिन्छन्।

न्युजर्जीबाट नर्थकेरोलाइनाको फ्युके भरिना सरेका सोलुखुम्बुका ङिमा पाख्रिन भन्छन्, ‘घर किनबेचमा जीतमानले मारेको छलाङ अनुकरणीय छ।’ बस्नेत नर्थ क्यारोलिनाका चल्तीका नेपाली रियल्टर हुन्। छोटो अवधिमै यस क्षेत्रमा निकै लोभलाग्दो फड्को मारेका छन्।

पछिल्लो समय सामाजिक तथा मानबिय सेवाका काममा समेत सक्रिय बस्नेत यही छविले पनि समुदायमा रुचाइएका छन्। ‘प्रवासमा रहेर घरजग्गा कारोबारको क्षेत्रमा कहलिएका जीतमान नेपाली समुदायको दुख सुखको सारथी पनि हुन्’ रालेको नेपाली समुदायका सक्रिय कर्मा शेर्पा गोले भन्छन्, ‘उसको सामाजिक काम तथा पेशामा अब्बल भएकै कारण मान्छेहरु खोजी खोजी आउने गरेको पाएको छु।’

नम्बरवान एजेन्ट

सन २०२४ वर्ष उत्कृट रियल्टरको अवार्ड यही ४ मार्चमा रालेमा सम्पन्न एक समारोहबिच जितमानले अवार्ड थापे। मिलेनियम क्लब एलाइट अवार्ड २०२४, टप एजेन्ट अवार्ड ट्रान्ज्याक्सन २०२४, टप एजेन्ट अवार्ड सेल्स भोल्युम २०२४ गरि ३ वटै विधाका अवार्ड आफ्नो पोल्टामा पारेका थिए बस्नेतले।

रालेको युनाइटेट रियलस्टेट ट्यांगल नामक कम्पनिमा आबद्ध भएर काम गरिरहेका बस्नेत सगै यस कम्पनिमा उनी जस्ता २० हजार एजेन्ट छन्। उनले लगातार २०२२, २०२३ र २०२४ गरि ३ वर्ष सबै भन्दा धेरै घरको कारोवार गर्ने बेष्ट एजेन्टको अवार्ड हात पारि धेरै घरको कारोवार गर्ने बेष्ट एजेन्टको किर्तिमान राखेका छन । ्‘हामी बाहीरको मान्छे यहाँका भन्दा बढी किनबेचमा संलग्न हुनु नै सफलताको रुपमा लिन्छु ’ अवार्ड ग्रहणपछि सगर्व सुनाए।

‘मैले प्राप्त गरेका यी सम्मानहरू मसँग विश्वास, भरोसा, र साथ दिने सम्पूर्ण नेपाली समुदाय, ग्राहक, साथीहरूलाई समर्पित छ’ जितमान पुकलित बन्दै भने ‘तपाईंहरूको निरन्तर साथ र समर्थन बिना यो सम्भव हुने थिएन,यो उपलब्धि सम्भव बनाउन सहयोग गर्ने सबैजनालाई हार्दिक धन्यवाद।’

त्यसो त एकै दिनमा ४ वटा सम्म घर किनबेच गरेका जीतमान आफ्नो पुर्णकालीन पेशा रियलस्टेट भएको बताउछन्। ‘पेशा नै यही भएपछि मन वचन र कर्म राम्रो गर्न कोशीस गर्न प¥यो ’ ग्रेट रियल्टर एल एल सीका सँचालक समेत समेत रहेका बस्नेत भन्छन् ।

‘पेसा नै यही भएपछि मन वचन र कर्मले राम्रो गर्न कोशीस गर्न पर्यो’ उनी भन्छन, ‘रहरले गमलामा टमाटर रोप्नेहरुलाई फलेनी ठिकै, नफले पनि ठिकै तर बारीमा टमाटर रोप्ने किसानलाई फलेन भने उ भोकै पर्छ। त्यसैले उ मेहनत गर्छ। मेरो पेशा नै यही हो,त्यसैले यसैमा मेहनत गर्छु।’

ब्यस्त महिनामा औसत १० वटा घर किनबेच गर्छन उनी। ‘यो संख्या त सामान्य हैन, यहाँका ब्यस्त अमेरिन रियल्टरले पनि यति ठुलो संख्यामा घर किनबेचको कारोबार बिरलै गर्छन,’ पिट्सवर्ग पेन्टिसलभेनिया मा रहेको १ दशक देखि घर किनबेचकै काम गरिरहेका पुराना रियल्टर नारायण कट्टेल भन्छन् ‘उहाको कारोबार हेर्दा अमेरिकामै धेरै कारोबार गर्ने मध्ये पर्नु हुन्छ। ’

रोजाई बन्दै राले

नर्थकेरोलाइनाको राजधानी राले र यसका आसपास शहरहरु जीतमान मुख्य कार्यक्षेत्र हो। तर उनी सार्लोट, ग्रीन्सबोरो, हाइपइन्ट सम्म पुगेर ग्राहकको सेवामा जुट्छन। राले नजिकैको केरी शहरमा बसोबास गर्दै आएका पुर्वी नेपालको सोलुखुम्बु लिखुपिके गोलीका बस्नेतले केरी, मोरिसभिल, एपेक्स, होलि स्प्रिङ, फ्युके भरिना, गार्नर, वेक फरेस्ट, डुरम, जेवुलन, वेन्डल, नाइट्डेल, न्यु हिल मा धेरै नेपाली परिवारलाई बसोबास गराएका छन्।

ट्राइङलमा बस्ती बिस्तार संगै नेपालीहरु चापेलहिल, डुराम, एन्जिअर,स्यानफोर्ड, न्युहिल, क्लेटन, जेवुलीयन सम्म फैलिएका छन। न्युयोर्क बाट नर्थ क्यारोलिना सरेर फ्युके भरिना बसोबास गरिरहेका पत्रकार आङछिरीङ शेर्पा भन्छन, ‘नेपालीका लागि टेक्सास पछि धेरै नेपालीको बसोबास गर्ने राज्य बन्ने देखिन्छ निकट भविष्यमै।’ राले क्षेत्रबाहेक चार्लोट, ग्रिन्सवोरो, हाइपइन्ट, विष्टन सेलम, कर्नसभिल लगायतमा नेपालीहरुको बस्ती धेरै बढिरहेको छ।

पूर्वी अमेरिकामा सबै भन्दा राम्रो मौसम नर्थ क्यालोराइनमा भएकाले यहाँ सरेर आउनेको संख्या बढ्दो छ। फाट्टफुट्ट बाहेक हिउ नपर्ने राले क्षेत्र क्यालीफोर्निया पछिको राम्रो मौसम मानिन्छ। यो राले डुरम क्षेत्रमा रहेको रिसर्च ट्रयाङगल पार्क (आरटीपी)को कारण पनि धेरै राले क्षेत्रमा नेपालीको आकर्षण देखिन्छ।

पूर्वी अमेरिकाको एउटा आइटी हव रालेको आरटीपीमा एकै ठाउमा ३७५ भन्दा बढि अनुसन्धान तथा धेरै उच्च प्रविधि कम्पनीहरु छन्। जहाँ ६५ हजार हाराहारीले काम गर्छन। ७ हजार एकड मा फैलिएको यो अनुसन्धान पार्क संयुक्त राज्य अमेरिकाको सबै भन्दा ठूलो अनुसन्धान पार्क र धेरै उच्च प्रविधि कम्पनीहरु को हव हो। आरटीपी सन १९५९ मा स्थापना भएको थियो।

त्यसो त ड्युक युर्निभर्सिटी, एनसी स्टेट युर्निभर्सिटी, युर्निभर्सिटी अफ नर्थ केलोराइना एट चापेलकहिल जस्ता कहलिएका विश्वविधालय भएका कारण धेरै नेपाली विधार्थीको गन्तव्य बन्दै आएको छ यो क्षेत्र। नेपालीको संख्या गएको ५-७ बर्षमा ह्वात्तै बढेको हो। ‘पहिले धेरै नेपाली विधार्थी यही पढेर जागिरसगै यतै ‘सेटल’ भए पछि नेपालीको बसोबास बढेको हो’ जीतमान भन्छन् ‘अहीले चै बाहीरबाट सरेर आउनेको संख्या निकै ठुलो छ।’

दर्दनाक विगत

विगत कुनै समय पत्रकारीता तथा वकातल गर्थे जीतमान। सगरमाथा टाइम्स पत्रिकामा सम्पादकीय नेतृत्वमा थिए उनी। माओवादी द्धन्द तथा राजाको प्रत्यक्ष शासनको बेला पत्रीकामा छापिएका लेख समाचारको कारण माओबादीको कब्जा र याताना ब्यहोरे उनले।

त्यस्तै राजाको बारेमा सम्पादकीय लेखेको तथा माओवादीलाई सहयोग गरेको भन्दै सेनाले समातेर भैरवनाथ गणमा २५८ दिन सम्म हिरासतमा राखेको थियो। त्यो बेला भैरवनाथ गणमा थुनिनु भनेको फर्केर आउने आस नहुनु जस्तै अवस्था थियो। भाग्यले उनी बांचेर फर्किए।

मृत्युको मुखमा रहेका २९ जाना बन्दीलाई बचाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए। हिरासत भित्र रहदा पाएको यातना संझिसक्नु थिएन। ‘जीवनको कहाली लाग्दो क्षण संझिनु नपरोस भन्ने लाग्छ।’ उनी त्यो समय संझिन्छन। उनले अध्याँरा २५८ दिनहरु पुस्तक समेत लेखेका छन। जसमा सेनाको हिरासतामा भोगेका यातना उतारिएको छ। जीतमानको यो पुस्तकमाथि बधशाला नामक चलचित्र समेत बनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *