इस्कोनद्वारा विश्वासघात र ठगीको आरोपमा ५ जना निष्कासित
काठमाडाैं नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) को नाम, ख्याती तथा बौद्धिक सम्पत्ति (ट्रेडमार्क) दुरुपयोग गरी मोरङ, सुनसरी, झापा, सिरह, नवलपरासी (पश्चिम) लगायतका जिल्लाहरूमा संघ-संस्थाहरू संचालन गरिरहेको आरोपमा संस्थाका पूर्व पदाधिकारीहरू तथा सदस्यहरू वसन्त पराख गुरुङ (भक्तिसिद्धान्त दास), विनिश यादव (विपिन विहारी दास), शैलेन्द्र यादव (सिद्धस्वरूप दास), मनिष राई (मनः शिक्षा दास) र खगेन्द्र बहादुर बस्नेत (खगराज अच्युत दास) लाई आपराधिक विश्वासघात एवं ठगीको आरोपमा संस्थाबाट निष्कासित गरिएको इस्कोनको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, मोरङ, उद्योग विभाग, त्रिपुरेश्वर र बिराटनगर उच्च अदालतको आदेशानुसार त्यस्तो किसिमको गैरकानूनी कार्य गर्न/गराउन निषेधित गरेको आज्ञालाई उनीहरूको समुहले अवज्ञा गरेका थिए।
निजहरूले इस्कोनको कुनै पनि प्रतिनिधित्व नगर्ने हुनाले इस्कोनसँग सम्बन्धित कुनै पनि दान-दातव्य तथा अन्य कुनै सहयोगका लागि बुढानीलकण्ठ न.पा.-५ स्थित इस्कोनको केन्द्रिय कार्यालयमा ०१-४३७३७९०/९८०१२०५७३१ अथवा नेपालभरिका आधिकारिक इस्कोन मन्दिर/शाखा/इकाईमा सम्पर्क गर्नु सबैलाई सूचित गरेको छ।
वसन्त पारख गुरुङको अध्यक्षतामा दर्ता भएको इस्कोन प्रभुपादका सदस्यहरुले इस्कोन नेपालका केन्द्रीय कार्यसमितिका सदस्यहरू माथि विराटनगरमा हातपात समेत गरेका थिए। उनीहरूलाई नक्कली रसिद छपाएर दान संकलन गर्नुका साथै जिन्सी समेत हिनामिना गरेको आरोप छ। उनीहरू माथि लागेको मुद्दा अदालतमा विचाराधीन रहेको इस्कोन नेपालले जनाएको छ।
गुरुङले भने आफूहरू संस्थाको लोगो परिवर्तन गर्न तयारी थालेको साथै यस विषयमा आफूहरूले मौन धारण गर्नुपरेको जानकारी गराए।
No ads found for this position


Facebook Comment