पूर्वराजालाई राजनीति गर्न मन भए पार्टी खोल्न प्रचण्डको सुझाव

डिसी नेपाल
२४ फागुन २०८१ १०:०५
236
Shares

रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्व राजालाई राजनीति गर्न मन लागेको भए पाटी खोल्न सुझाव दिएका छन।

जनताको उदारतालाई कमजोरी सम्झेर पूर्व राजा ज्ञानेन्द्र शाहले राजनिति गर्न खोजेको भए पाटी खोलेर चुनाव लडन आए हुने उनको तर्क छ।

नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान अन्तर्गत रौतहटमा आइपुगेका अध्यक्ष प्रचण्डले पाटी खोल्न र चुनाव लडने अधिकार संविधानले दिएकोले चुनाव जितेर आउन सकिने बताए।

यदपि जवरर्जस्ती गर्न खोजीयो भने जनतालाइ सैह्य नहुने उनले धारण राखे। यस अघि पनि ज्ञानेन्द्रले मुर्खता गरेको उल्लेख गर्दै उनले अब फेरि अर्को मुर्खता गरेर गल्ती नगर्न उनले चेतावनी दिए।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकार उल्टो उल्टो गर्दै हिड्को टिप्पणी गरेका छन। देशको लागि राम्रो नभएको उनको भनाइ छ। एक फरक प्रसङमा अध्यक्ष प्रचण्डले गरुडामा रहेको श्री राम सुगर मिल सञ्चालनमा ल्याउनु पर्ने र यसका लागि आफू र आफ्न्नो पाटी तयार रहेको बताए।

प्रचण्ड सहितका माओवादी नेताले गरुडा नगरपालिकामा शनिबार मर्निङवाकसँगै आजको अभियान सुरु गरेका हन्। मर्निङवाकपछि प्रचण्डले क्याम्पस रोड मेथुरमा स्थानीयसँग छलफल तथा अन्तरक्रिया गरेका छन्। फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको अभियान झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही हुँदै शुक्रबार साँझ रौतहट प्रवेश गरेको हो।

यो अभियानका टोली गएराति गरूडामा नै बास बसेको नेकपा माओवादी केन्द्र रौतहटले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *