घुमुवा प्रहरीभन्दै ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । प्रहरी हुँभन्दै ठगी गर्ने एक जना व्यक्ति पक्राउ परेका छन्।
रौतहट गरुडा नगरपालिका-८ बिर्ता चोकका ४४ वर्षीय शेख सदरे आलमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
आलमले घुमुवा प्रहरी हुँभन्दै स्थानीय किसानबाट रकम असुल्ने गरेका थिए। आलममाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment