घाँटीमा अमला अड्किएर बालकको मृत्यु

डिसी नेपाल
२५ फागुन २०८१ २२:४९
916
Shares

सल्यान । घाँटीमा अमला अड्किएर सल्यानमा चार वर्षीय बालकको मृत्यु भएको छ। सिद्धकुमाख गाउँपालिका–२ कुइयाझोलका देवीलाल ओली र अमृता ओलीका छोरा सुशान्त ओलीको मृत्यु भएको हो।

आफ्नै घर नजिकैको बोटबाट अमला टिपेर ल्याई खेल्दै गर्दा बालक ओलीले खाएका थिए। अमला घाँटीमा अड्किएपछि जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *