मलेसियाबाट नेपाली युवक बेपत्ता

डिसी नेपाल
२५ फागुन २०८१ २३:३९
280
Shares

बैतडी । बैतडीका एक युवक मलेसियाबाट बेपत्ता भएका छन्।

जिल्लाको मेलौली नगरपालिका–८ कोटिगाउँका २८ बर्षीय मिनसिंह ठगुन्ना मलेसियाबाट बेपत्ता भएका हुन्। रोजगारीको सिलसिलामा मलेसियामा रहेका ठगुन्ना फागुन १३ गतेदेखि सम्पर्कविहिन भएका उनका बुवा बहादुरसिंह ठगुन्नाले जानकारी दिए। उनी मलेसियाको रमाटेक्स कम्पनीमा काम गर्थे।

ठगुन्ना पछिल्लो १० बर्षयता मलेसियामा रोजगारी गर्दै आएका थिए। कोठामै काम गर्ने सिलसिलामा टाउकोमा चोट लागेका ठगुन्ना चोट लागेको चार–पाँच दिनपछि बेपत्ता भएका उनका आफन्तले जनाएका छन्।

टाउकोमा चोट लागेपछि मानसिक अवस्था कमजोर भएका ठगुन्ना एक्कासि कोठाबाट भागेको उनीसँगै कोठामा बस्दै आएका अर्का नेपालीले जानकारी गराएको बहादुरसिंह ठगुन्नाले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *