समुदाय प्रहरी साझेदारी गंगाहिटी टोल कमिटी गठन

डिसी नेपाल
७ भदौ २०७६ १७:५३
4
Shares

काठमाडौं। काठमाडौं महानगरपालिका-७ गंगाहिटीस्थित समुदाय प्रहरी साझेदारी गंगाहिटी टोल कमिटी गठन गरिएको छ।

का.म.न.पा–७ का वडा अध्यक्ष सुद्ध कुमार डंगोलको सभापतित्व तथा गौशाला प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रदीप कुमार सिंहको प्रमुख आतिथ्यमा कार्यक्रम संचालन भएको थियो।

वडा अध्यक्ष डंगोलले सो अवसरमा प्रहरीसँगको समूदायको साझेदारीले शान्ति सुरक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले प्रहरीको भूमिका साथीको जस्तो हुनुपर्ने भन्दै प्रहरी र समूदाय मिलेर समूदायमा हुने आपाराधिक घटनाहरु कम गर्न सकिने बताए ।

कार्यक्रममा वडा सदस्य कृष्णमणी भट्टराईको नेतृत्वमा ३ जना महिला सहित १७ सदस्यी समुदाय प्रहरी साझेदारी टोल कमिटी गठन गरिएको हो।

उक्त कार्यक्रममा गौशाला प्रहरी प्रमुख प्रदीप कुमार सिंहले अपराध रोकथाम तथा सामाजिक विकृती, विसंगतिविरुद्ध जनचेतना फैलाउने विषयमा प्रष्ट पार्दै सामुदायिक सुरक्षा अभिवृद्धि गर्न स्थानीयस्तरमा टोल कमिटिको महत्वपूर्ण भूमिका रहने बताए।

कार्यक्रममा स्थानीय बासिन्दा, सामाजिक सामुदायिक संघ संस्था, टोल सुधार विकास समिति, स्थानीय क्लब, महिला संजाल, आमा समूह एंव पूर्व प्रहरीहरु सहित ४५ जना भन्दा बढीको उपस्थिती रहेको रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *