पर्यटन प्रवर्द्धन गर्न सिद्धबाबा र टाइगर हिलमा ‘हाइकिङ’

डिसी नेपाल
२६ फागुन २०८१ २२:२८
24
Shares

गण्डकी। यहाँको पोखरा महानगरपालिका–२२ उल्लेरीस्थित चार सय वर्ष पुरानो सिद्धबाबा मन्दिर र थाप्ले टाइगर हिललाई पर्यटन प्रवर्द्धन गर्न हाइकिङ गरिएको छ।

हाइकिङका माध्यमबाट पोखरा र आसपासका गाउँलाई प्रवर्द्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ५६औँ श्रृङ्खलामार्फत उल्लेरी गाउँलाई समेटेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले जानकारी दिए।

हरेक महिनाको अन्तिम शनिबार हाइकर्स क्लब नेपालको आयोजनामा स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मूल नाराका साथ हुँदै आएको हाइकिङको ५६औँ श्रृङ्खलामा यहाँस्थित थाप्ले टाइगर हिल र चार सय वर्ष पुरानो सिद्धबाबा मन्दिरलाई समेटिएको उनले बताए।

थाप्ले टाइगर हिल व्यवस्थापन समितिका अध्यक्ष मानसिं गुरुङका अनुसार चार सय वर्षअघि उल्लेरी गाउँका वस्तुभाउ बिरामी हुने, चरनमा गएका हराउने भएपछि खोजी गरिदा सिद्धबाबाको मन्दिर राख्नुपर्ने कुरा आएसँगै यहाँ त्यस समयदेखि मन्दिर राखी पूजाआजा गरिँदै आइएको हो । हाल यस ठाउँमा भ्यु टावर, स्तुपा, प्रतिक्षालय, शौचालय, जंगली जनावरका लागि प्लास्टिक पोखरीलगायतका पूर्वाधार निर्माण गरिएको छ।

भुम्दिस्थित पैँयु चौताराबाट गरिएको यस संस्करणको हाइकिङमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य दिपक भण्डारी, लोक गायक छवि घर्तिमगर र गायिका दिलकुमारी खाँणलगायत ३२ जनाको सहभागिता रहेको क्लबले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *