सुनको मूल्य घट्यो
काठमाडौं। स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। आज सुन प्रतितोला पाँच सय र चाँदी प्रतितोला १५ रूपैयाँले घटेको हो।
सोमबार प्रतितोला एक लाख ७० हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ६९ हजार नौ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज एक तोला चाँदी एक हजार नौ सय ७० मा किनबेच हुनेछ। अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन दुई हजार आठ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment