कोशी प्रदेशमाथि मधेशको १६५ रनको फराकिलो जित

डिसी नेपाल
२७ फागुन २०८१ १६:१४
144
Shares

काठमाडौं।। जारी पीएम कप अन्तर्गत मधेश प्रदेशले विजयी शुरुवात गरेको छ। मंगलबार सम्पन्न खेलमा मधेश प्रदेशले कोशी प्रदेशमाथि १६५ रनको फराकिलो जित हासिल गरेको हो।

मधेश प्रदेशले दिएको २८५ रनको लक्ष्य पछाएको कोशी प्रदेशले २२ ओभरमा अल आउट हुँदै ११९ रन मात्र बनायो। कोशी प्रदेशको ब्याटिङ लाइनलाई ध्वस्त गर्नेक्रममा मधेशका रुपेश सिंहले ५ विकेट लिए भने राजेश यादवले ३ विकेट लिए।

यसअघि पहिला ब्याटिंग गरेको मधेश प्रदेशले ५० ओभरमा ६ विकेट गुमाउँदै २८४ रन बनाएको थियो।

मधेशका लागि पवन सराफले सर्वाधिक ९२ रन बनाए भने कप्तान अनिल शाहले ७५ एन बनाए भने दिपेश दासले ५६ रन बनाए। यो जितपछि मधेश प्रदेशले आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ भने कोशी प्रदेशले लगातार दोस्रो हार बेहोरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.