लागूऔषध चरेशसहित एक जना पक्राउ

डिसी नेपाल
२७ फागुन २०८१ १७:२५
172
Shares

उदयपुर । बेलका नगरपालिका-९ रामपुर बजारस्थित होटल एकान्त एण्ड लजबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३ ग्राम ६० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने ३० वर्षीय विशप खतिवडालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले होटलको १५ नम्बर कोठाबाट उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *