प्याबसन नवनिर्वाचित पदाधिकारीले लिए सपथ

डिसी नेपाल
२८ फागुन २०८१ १४:३४
240
Shares

काठमाडौं । निजी विद्यालयका छाता संगठन प्याबसनको नवनिर्वाचित समितिका पदाधिकारीहरुले सपथ ग्रहण गरेको छ।

बुधबार प्याबसनको कार्यालय तिनकुनेमा आयोजित एक समारोहकाबीच १६ औं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरेको हो।
सपथग्रहणपछि निर्विरोध नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद अधिकारीले असाध्यै शान्त र राम्रो तरिकाले निर्वाचन सम्पन्न भएको जानकारी दिए।

उनले भने,‘असाध्यै शान्त र राम्रो तरिकाले निर्वाचन भएको थियो। राम्रो राम्रो साथिहरु छानिएर आउनुभयो। जो छानिनुभएन उहाँहरु पनि असल हुनुहुन्थ्यो।’
त्यस्तै उनले पहिलो प्राथमिकता शिक्षा विधेयक नै रहेको र विधेयकमा विद्यालयहरु कम्पनिमा नै रहनुपर्ने कुरालाई समेट्नुपर्ने मुद्दा रहेको बताए।

उनले भने,‘हाम्रो सम्पति कम्पनिमा नै रहोस्। पुस्तान्तरण होस् भन्ने हामी चाहान्छौं। हामीसँग विभिन्न मुद्दाहरु छन्। किन्ने सामानहरुमा बढि कर तिरेको छौं। त्यसबारे सरकारमा कुरा राख्नेछौं। पहिलो प्राथमिकता हाम्रो शिक्षा विधेयक नै हो। हाम्रा विद्यालय कम्पनिमा रहनुपर्छ। भन्ने पहिलो मुद्दा हो।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *