गोली प्रहार गरी भाइको ज्यान लिने अभियुक्त सार्वजनिक

डिसी नेपाल
२८ फागुन २०८१ १४:४२
1.7k
Shares

काठमाडौं । भाइ नाता पर्ने युवकमाथि गोली प्रहार गरेर फरार रहेका दोगडाकेदार गाउँपालिका–८ का कर्णबहादुर विष्टलाई प्रहरीले सार्वजनिक गरेको छ। उनलाई दार्चुलाको दत्तुबाट पक्राउ गर्दै प्रहरीले बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक (डिएसपी) मकेन्द्र मिश्रले गोली प्रहार गरी फरार भएको ६ दिनपछि अभियुक्तलाई दार्चुलाबाट पक्राउ गरी अनुसन्धान थालिएको बताएका छन्। भरुवा बन्दुकले गोली हानेर फरार भए लगत्तै प्रहरीले उनको खोजी थालेको थियो।

कर्णबहादुर माथि १० दिन म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लेनदेनको विषयमा झगडा हुँदा गत फागुन १७ गते दोगडाकेदार गउँपालिका– ८ कै २१ वर्षीय युवक सुरेन्द्र विष्टको उनले गोली प्रहार गरी हत्या गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *