पीएम कपमा कोशी प्रदेशको लगातार तेस्रो हार

डिसी नेपाल
२८ फागुन २०८१ १७:१६
220
Shares

काठमाडौं । जारी पीएम कप अन्तर्गत नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हासिल गरेको छ।

बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई १५४ रनले पराजित गरेको छ। पुलिस क्लबले दिएको २८९ रनको लक्ष्य पछाएको कोशी प्रदेशले ३६.२ ओभरमा अल आउट हुदै १३४ रन मात्र बनाएको थियो।

कोशीका लागि सुजन थपलियाले सर्बाधिक ३३ रन बनाए भने अंकित सुबेदीले २१ र शकिब हकले १७ रन बनाएका थिए।

त्यस्तै पुलिस क्लबका करण केसीले ३ विकेट लिए भने ललित राजबंशी र कुशल भुर्तेलले २-२ विकेट लिएका थिए।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पुलिस क्लबले ५० ओभरमा ८ विकेट गुमाउदै २८८ रन बनाएको थियो । पुलिसका लागि कुशल भुर्तेलले ६५, दिलिप नाथले ६१, अर्जुन साउद र रशिद खानले ३८-३८ रन बनाएका थिए। त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले ३२ र गुलशन झाले २१ रन बनाएका थिए। त्यसैगरी कोशीका बलर भुपाल लुइँटेलले ३ विकेट लिए भने प्रकाश कार्कीले २ विकेट लिएका थिए।

यो जितपछि पुलिस क्लबको २ खेलमा ४ अंक भएको छ भने कोशी प्रदेशले लगातार तेस्रो खेल हारेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *