गट्ठाघरमा टिपरले लियो एक जनाको ज्यान

डिसी नेपाल
२८ फागुन २०८१ १७:२९
1.2k
Shares

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ गट्ठाघरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर नगरपालिका–६ का ३६ वर्षीय श्यामकृष्ण कायस्थ छन्। कायस्थले चलाएको बागमती प्रदेश–०३–००१ ख १८८४ नम्बरको मोटरसाइकलाई बा ३१ प ४४४ नम्बरको टिपरले बुधबार पौने ४ बजे ठक्कर दिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको टिपरले ठक्कर दिएकोमा गम्भीर घाइते भएका कायस्थलाई उपचारका लागि भक्तपुर इन्टरनेसनल अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनलाई चिकित्सकले मृत घोषित गरेका थिए।

प्रहरीले टिपर चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भएका ४७ वर्षीय चन्द्रलाल शाक्यलाई पक्राउ गरेर अनुसन्धान थालेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *