खैरो हेरोइनसहित पाँच जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरबाट खैरो हेरोइनसहित पाँच जना पक्राउ परेका छन्।
भीमदत्त नगरपालिका–६ बनगाउँ चौक ऐसी होटेल अगाडीबाट सोही ठाउँ बस्ने २० वर्षीय दिवस चन्द, भीमदत्त नगरपालिका–१८ बस्ने नरेश बम र बमकी श्रीमती हिरा बमसहित ३ जना पक्राउ परेका छन्। १.५३ ग्राम खैरो हेरोइनसहित तिनै जनालाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
यसैगरी लालझाडी गाउँपालिका–३ बल्मीबाट सोही ठाउँ बस्ने २२ वर्षीय मिलन राना र लालझाडी गाउँपालिका–२ कञ्ज बस्ने २७ वर्षीय पुरन राना पक्राउ परेका छन्। उनीहरूलालाई ०.८६ ग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment