त्रिचन्द्र क्याम्पसको स्ववियु सभापतिमा ९ जना उम्मेदवार कायम, नेविसंघमा दुई बागी

डिसी नेपाल
२९ फागुन २०८१ १८:०८
276
Shares

काठमाडौं । काठमाडौँको त्रिचन्द्र बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा सभापतिमा नौं जनाबीच प्रतिस्पर्धा हुने भएको छ।

विहिबार नाम फिर्ता लिने समय सकिएपछि निर्वाचन समितिले अन्तिम नामवली सार्वजनिक गरेको हो।

सभापतिका लागि सागर न्यौपाने (स्वतन्त्र), अखिल क्रान्तिकारीकी मुना पौडेल, नेपाल स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघका विवेक बानिया, श्रीधर श्रेष्ठ (स्वतन्त्र), नेपाल क्रान्तिकारी विद्यार्थी संघकी जेनिशा तिमिल्सेना, राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठनका अश्विन नेपाल, अनेरास्ववियुका प्रमित विष्ट, नेपाल विद्यार्थी संघका गोविन्द कोइराला र अखिल (क्रान्तिकारी) का प्रदिप भट्ट रहेका छन्।

त्रिचन्द्रमा नेविसंघका आधिकारीक उम्मेदवार गोविन्द कोइराला कायम भएका छन् भने सागर न्यौपाने र श्रीधर श्रेष्ठ स्वतन्त्र उम्मेदवार रहेका छन्।

साथै सचिवमा ७ जना, कोषाध्यक्षमा ६ जना, प्रत्यक्षतर्फको सदस्यको लागि २९ जना र समानुपातिकतर्फको सदस्यको लागि २४ जनाको नाम समितिले सार्वजनिक गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *