शाह ‘प्याब्सन प्रेसिडेन्ट अवार्ड’बाट सम्मानित

डिसी नेपाल
२९ फागुन २०८१ १८:२३
316
Shares

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)को यही फाल्गुन २६ र २७ गते सम्पन्न भइरहेको प्याब्सन १६औं राष्ट्रिय महाधिवेशनमा तीन वर्षे कार्यकाल (२०७८-२०८१)मा देशैभरिका प्याब्सन जिल्ला अध्यक्षहरू मध्य प्याब्सन कैलालीका निवर्तमान अध्यक्ष टोपेन्द्र शाह प्रेसिडेन्ट अवार्ड-२०८१ द्वारा सम्मानित भएका छन्।

उनलाई प्याब्सन कैलालीको अध्यक्ष रहँदा प्याब्सनका गतिविधि, शैक्षिक क्रियाकलाप,उत्कृष्ट ब्यबस्थापन,केन्द्रसँगको समन्वय, सदस्य विद्यालयसङ्गको सहकार्य, नेतृत्वदायी भूमिका गरेको भन्दै उत्कृष्ट अध्यक्षको रूपमा प्याब्सन केन्द्रीय समितिले मूल्यांकन गरि प्रदान गरिने गरिमामय अवार्ड प्रेसिडेन्ट अवार्डद्वारा सम्मान गरिएको हो।

शाह कैलाली विद्या निकेतन, धनगढीको संस्थापक प्रिन्सिपलसमेत हुन्।

उक्त प्रेसिडेन्ट अवार्ड तीन वर्षे कार्यकालमा देशैभरिका प्याब्सन जिल्ला अध्यक्ष मध्य उत्कृष्ट अध्यक्षलाई कार्यगत मूल्यांकनको आधारमा सम्मान गरिन्छ।

यसअघि गत वर्ष केन्द्रीय समितिको साधारण सभामा शाहको कार्यकालमा कैलाली जिल्ला उत्कृष्ट जिल्लाको रूपमासमेत सम्मानित भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *