रुखले च्यापेर एक जनाको मृत्यु
मुगु । छायानाथ रारा नगरपालिका–१४, बाम थुम्बाडा गाउँका ४५ वर्षीय चन्द्रबहादुर बढुवालको रुख ढलेर चोट लाग्दा मृत्यु भएको छ।
बुधबार दिउँसो गाउँबाट करिब तीन घण्टा टाढा रहेको सुगुतिर जंगलमा भेडाबाख्रा चराउँदै गर्दा तीव्र हावाहुरीले माथिबाट रुख ढल्दा उनी गम्भीर घाइते भएका थिए। स्थानीय नन्दलाल बढुवालका अनुसार उनले चराउन लगेका १०० भेडाबाख्रा समेत जंगलमा हराएका छन्।
स्थानीय रत्नबहादुर बढुवालका अनुसार घाइते भएको खबर पाएपछि साँझ ४ बजेतिर स्थानीय बासिन्दा उद्धारका लागि पुगेका थिए। तर, घटनास्थलमै उनको मृत्यु भइसकेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment