म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा
काठमाडौं। म्यानचेस्टर युनाइटेड युइएफए युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ।
गएराति सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा स्पेनिस क्लब रियल सोसियडाडलाई ४-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ५-२ को नतिजासहित म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा पुगेको हो। यस अघि पहिलो लिग १-१ गोलको बराबरीमा सकिएको थियो।
यस खेलमा म्यानचेस्टर युनाइटेडको जितमा ब्रुनो फर्नानडेजले ह्याट्रिक गरेका थिए भने डिओगो डलोटले एक गोल गरेका थिए। त्यस्तै रियल सोसियडाडका लागि मिकेल ओयारजाबालले एक गोल गरेका थिए। त्यस्तै यस खेलमा खेलको ६३औं मिनेटमा जोन आरामबुरुले रातोकार्ड पाएपछि रियल सोसियडाड १० खेलाडीमा समिति भएको थियो।
अब क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेडले फ्रेन्च क्लब लियोनको सामना गर्ने छ। क्वाटरफाइनलका खेलहरु पहिलो लिग अप्रिल १० र दोस्रो लिग अप्रिल १७ मा हुने छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment