आइपीएल : दिल्ली क्यापिटल्सले अक्षर पटेललाई टिमको कप्तान बनायो
काठमाडौं । आइपीएल टिम दिल्ली क्यापिटल्सले शुक्रबार घोषणा अक्षर पटेलले आईपीएल २०२५ मा टोलीको कप्तानी गर्ने घोषणा गरेको छ । यो जानकारी फ्रान्चाइजले एक्समा साझा गरेको हो।
अक्षर पटेलले भने, “सबैले मलाई साथ दिएका छन्। यो देखेपछि मलाई धेरै राम्रो महसुस भयो। म आफूलाई भन्दा टिमलाई बढी विश्वास गर्छु। मलाई दिइएको भूमिकाको लागि म उत्साहित छु।”
उनले क्रिकेट प्रशंसकहरूलाई भने ‘दिल्लीका मानिसहरू, तिमीहरूका कप्तान तयार छन्।’
यसैबीच, दिल्ली क्यापिटल्सका अध्यक्ष किरण कुमार गान्धीले भने, “हामी अक्षर पटेललाई दिल्ली क्यापिटल्सको कप्तान नियुक्त गर्न पाउँदा धेरै खुसी छौं।”
“उनी २०१९ देखि क्यापिटल्स परिवारको हिस्सा छन् । उनी दुई सिजनमा टोलीको उपकप्तान रहेका छन्। अब उनले टोलीको नेतृत्व गर्नेछन्।”
“म उनलाई यो नयाँ भूमिकामा शुभकामना दिन्छु। मलाई विश्वास छ कि उनी यसमा खरो उत्रनेछन्।”
उनले भने, “अक्षरलाई हाम्रो कोचिङ स्टाफ र अनुभवी नेतृत्वबाट पूर्ण सहयोग प्राप्त हुनेछ।”
२०१९ मा, अक्षर पटेल यस टोलीको हिस्सा बने। उनले दिल्ली क्यापिटल्सका लागि ८२ खेल खेलेका छन्।
उनले पछिल्लो छ वर्षमा दिल्ली क्यापिटल्सका लागि ९६७ रन बनाएका छन् भने बलिङमा ६२ विकेट लिएका छन्।







डिसी नेपाल







Facebook Comment