एपीएफमाथि पुलिस २ विकेटले विजयी, ललितले लिए ६ विकेट
काठमाडौं । जारी पीएम कपमा नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई पराजित गरेको छ। देउखुरी क्रिकेट स्टेडियममा शुक्रबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले एपीएफलाई २ विकेटले पराजित गरेको हो।
एपीएफले दिएको केवल ९५ रनको लक्ष्य पछाएको नेपाल पुलिस क्लबले २६.२ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।
पुलिस क्लबका लागि कुशल भुर्तेलले सर्बाधिक ३१ रन बनाएका थिए भने एपीएफका बलर भुवन कार्कीले ३ तथा अभिषेक गौतम र रोहित पौडेलले २-२ विकेट लिएका थिए।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको एपीएफले २७.४ ओभरमा अलआउट हुदै केवल ९४ रन बनाएको थियो। एपीएफका लागि सन्दीप जोराले सर्बाधिक २६ रन बनाएका थिए भने लोकेश बमले २२ रन बनाएका थिए।
त्यस्तै पुलिस क्लबका बलर ललित राजबंशीले ६ विकेट लिएका थिए। ललितले ७.४ ओभरमा ३ मेडनसहित १८ रन दिएर ६ विकेट लिएका थिए।
यो जितसँगै पुलिस क्लबले लगातार तेस्रो जित हासिल गर्दै ३ खेलमा ६ अंक बनाएको छ भने एपीएफले ३ खेलमा २ जित र एक हार बेहोरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment