हङकङले नेपाललाई दियो १०५ रनको लक्ष्य
काठमाडौं । हङकङले नेपाललाई १०५ रनको लक्ष्य दिएको छ। जारी चार देशीय सिरिज अन्तर्गत हङकङले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाउदै १०४ रन बनाएको हो।
हङकङका लागि शनजीन शाहजादले सर्बाधिक ५४ रन बनाएकी थिइन् भने नेपाली बलर राजमती ऐरीले ३ विकेट लिएकी थिइन्।
नेपालले यस सिरिजमा ४ हार बेहोरेर फाइनलको दौडबाट बाहिरिएको छ भने यस खेलमा हङकङलाई पराजित गरेमा हङकङलाई पनि फाइनलको दौडमा रोक्ने छ।
अब सिरिजमा मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment