पाथीभरा केबलकार विवादः सरकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान

डिसी नेपाल
१ चैत २०८१ १४:४९
80
Shares

काठमाडौं । सरकारले ताप्लेजुङमा केबलकार निर्माणविरुद्ध आन्दोलनमा रहेका पक्षलाई वार्ताका लागि आह्वान गरेको छ। यसअघि पटक–पटक भएको वार्ता असफल हुँदै आए पनि सरकारले आज (शुक्रबार) पुनः वार्ताका लागि आह्वान गरेको हो।

गृह मन्त्रालयअन्तर्गत रहेको वार्ता टोलीको सचिवालयले मुक्कुम्लुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ अन्तर दलीय सङ्घर्ष समितिलाई वार्ताका लागि आह्वान गरेको हो। गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई वार्ता टोलीका संयोजक रहेका छन्।

सरकारले वार्ता र संवादको माध्यमबाट विवादको शान्तिपूर्ण समाधानका लागि वार्ताको आह्वान गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *