हङकङमाथि नेपाल ६ विकेटले विजयी

डिसी नेपाल
१ चैत २०८१ १६:०४
432
Shares

काठमाडौं। नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ। जारी चार देशीय सिरिज अन्तर्गत हङकङले दिएको १०५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो।

नेपालका लागि सम्झना खड्काले सर्वाधिक ४७ रन बनाइन् भने पुजा महतोले अविजित २०, कप्तान इन्दु बर्माले १८ रन बनाइन् ।

यसअघि हङकङले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाउदै १०४ रन बनाएको थियो।

हङकङका लागि शनजीन शाहजादले सर्वाधिक ५४ रन बनाइन् भने नेपाली बलर राजमती ऐरीले ३ विकेट लिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.