त्रिविमा स्ववियुका लागि नेविसंघको आधिकारिक प्यानल घोषणा
काठमाडौं । त्रिभुवन विश्व विद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि नेपाल विद्यार्थी संघले आधिकारिक प्यानल घोषणा गरेको छ।
अनोज कार्कीको नेतृत्वमा प्यानल घोषणा गरिएको नेविसंघ त्रिवि सभापति विष्णु बडैलाले जानकारी दिए। उनका अनुसार सचिवमा गणेश भण्डारी, कोषाध्यक्षमा पूजा शर्माको नाम टुंग्याइएको छ।
सदस्यमा गरिमा पाण्डे, सौरभ कोइराला, झरना तामाङ, वासुदेव हमाल, भुवन ओझा, सिलास थापा तामाङ, खगराज गिरी र दिपक ढकालको नाम टुंग्याइएको बडैलाले बताए। त्रिविमा नेविसंघभित्र आन्तरिक विवाद रहँदै आएको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment