भिल्ला रियलमाथि रियल म्याड्रिडको जित
काठमाडौं। स्पेनिस ला लिगामा रियल म्याड्रिडले भिल्ला रियललाई पराजित गरेको छ।
गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले भिल्ला रियल म्याड्रिडमाथि २-१ गोल अन्तरले पराजित गरेको हो।
खेलमा १-० ले पछि परेको रियल म्याड्रिडले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो। रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पेले दुवै गोल गरेका थिए। त्यस्तै भिल्ला रियलका लागि एक गोल जुआन फोयिथले गरेका थिए।
यो जितपछि रियल म्याड्रिडको २८ खेलमा ६० अंक भएको छ र लिगमा शिर्ष स्थानमा उक्लिएको छ। त्यस्तै दुई खेल कम खेलेको बार्सिलोनाको २६ खेलमा ५७ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ।
त्यस्तै भिल्ला रियलको २७ खेलमा ४४ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment