धनुषामा दुई पक्षबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार
जनकपुर । धनुषाको सबैला नगरपालिकामा दुई पक्षबीच झडप भएको छ। झडपले उग्ररुप लिँदा स्थिति नियन्त्रण लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
स्थिति नियन्त्रणमा लिन आश्रुग्यास प्रहार गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले बताएका छन्। अश्रुग्याससँगै प्रहरीले लाठीचार्जसमेत गरेको उनको भनाइ छ।
एक पक्षले यादव चोक हुनुपर्छ भन्छन्, अर्को पक्षले यादव चोक स्वीकार नगर्ने भन्दा झडपको स्थिति बनेको उनले जनाएका छन्।
केलुवामोरका बासिन्दाले भठिहनमा ‘यादव चोक’ नामकरण गरेको थियो। ‘यादव चोक’को बोर्डसमेत सडकमा राखेपछि विवाद चुलिएको प्रहरीको भनाइ छ।
भठिहनका बासिन्दाले ‘यादव चोक’को नाममा आपत्ति जनाउँदै बोर्ड उखालेर प्रहरीको जिम्मा लगाएका थिए। आज बिहानदेखि स्थानीयले सवैला प्रहरी चौकी घेरेर नाराबाजी गरिरहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment