देशमा केही नभएको नकारात्मक भाष्य निर्माण नगरौं : कांग्रेस सचेतक
काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचेतक श्यामकुमार घिमिरेले देशमा केही पनि भइरहेको छैन भन्ने नकारात्मक भाष्य निर्माण नगर्न आग्रह गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा घिमिरेले मुलुक शान्ति प्रक्रियामा आएपछिको १९ वर्षमा नेपाली समाजको परिवर्तन र जनताको जीवनस्तर उकासिएको भन्दै देशमा केही पनि भइरहेको छैन भन्ने नकारात्मक भाष्य निर्माण नगर्न आग्रह गरेका हुन्।
उनले मुलुकमा प्राप्त उपलब्धि र सकारात्मक परिवर्तनलाई ढाकछोप गरेर भ्रम सिर्जना नगर्न विपक्षी दललाई आग्रह गरे। घिमिरेले मुलुक संघीयतामा गइसकेपछि देश विकास र सुशासन प्रवर्द्धन भई जनतामा आशा र विश्वास पैदा भएको दाबी गरे।
उनले हरेक वर्ष लाखौं युवा विदेशीएको विषय उठान हुने गरे पनि मुलुकमा १५ अर्बभन्दा बढी रेमिट्यान्स भित्र्याउनेलाई बेवास्ता गर्न नमिल्ने बताए।
उनले मुलुकको विकासका लागि पूर्वाधार विकासमा लगानी गर्न आवश्यक रहेको उल्लेख गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment