वरिष्ठ प्रहरी हवल्दार मृत फेला
दमौली। जिल्लाको ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार ओमबहादुर विक मृतावस्थामा फेला परेका छन्।
रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय विक आज बिहान चौकी नजिकैको बेलौतीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
निज लामो समयदेखि मानिसक रूपमा बिरामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। उनले भने, “यस विषयमा थप अनुसन्धान भइरहेको छ।”
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment