राप्रपा नेपालले बोलायो कार्यसम्पादन समितिको बैठक

डिसी नेपाल
४ चैत २०८१ १२:१८
472
Shares

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।

भोलि दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठकको लागि सबैलाई सूचना सम्प्रेषण भैसकेको पार्टीका महामन्त्री एवं सचिवालय प्रमुख राजाराम बर्तौलाले जानकारी दिए।

उनका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा गम्भीर छलफल हुनेछ, भ्रष्ट शासन र शासकबाट मुक्तिको लागि आन्दोलन अपरिहार्य भयकोले आन्दोलनको स्वरुप र भाबी रणनीति निर्माणको बिषयमा बैठक केन्द्रित हुनेछ।

एक्ला एक्लै आन्दोलन गरेर निष्कर्षमा नपुगिने हुँदा बिचार मिल्नेहरु सबै मोर्चाबन्दी गरेर आन्दोलनमा जानुपर्नेमा राप्रपा नेपालले बिगत लामो समयदेखि जोड दिँदै आइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *