आगलागीमा परी दुई बालबालिकाको मृत्यु, आठ घर खरानी
विराटनगर । मोरङमा आगलागीमा परी दुई बालबालिकाको ज्यान जानुका साथै आठ घर जलेर खरानी भएका छन्।
जिल्लाको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर दुई बालबालिकाको ज्यान गएको प्रहरीले जनाएको छ।
धनपालथान-६ कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीले ठूलो धनजनको क्षति गरेको हो। मृतक बालबालिकाको पहिचान खुल्न सकेको छैन। आगो नियन्त्रण प्रयास जारी रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment