२५ करोड लोड गरिएको ट्रक जाँदै थियो केरुङ, झोर क्षेत्रबाटै लिइयो नियन्त्रणमा
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकास्थित झोर क्षेत्रबाट २५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलर लोडेड ट्रक प्रहरीले सोमबार राति नियन्त्रणमा लियो।
ना ७ ख १६५२ नम्बरको उक्त ट्रक सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामाले हाकिरहेका थिए। भोटेकोशी गाउँपालिका–१ का लामाले चालक सिट पछाडि फल्स बटम बनाएर रकम लुकाएका थिए।
पक्राउ परेका लामालाई प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। उनलाई विशेष व्यरोको सूचनाको आधारमा नियन्त्रणमा लिन सफल भएको प्रहरीको भनाइ छ।
लामा रसुवाको केरुङतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र उनीमाथि छानबिन थालिएको प्रहरीले जनाएको छ।
लामा यसअघि पनि गैरकानुनी कार्यमा संलग्न रहेको पाइएको छ। प्रहरीका अनुसार उनी यसअघि सुन तस्करी प्रकरणमा पक्राउ परेका व्यक्ति हुन्।
सात किलो सुनसहित २०७८ मा उनी पक्राउ परेका थिए। तर, उनी तत्काल छुटेका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment