प्रहरीमा जागिर लगाइदिने भन्दै महिलाको ठगी धन्दा

डिसी नेपाल
५ चैत २०८१ १५:०४
276
Shares

रौतहट । सर्लाही प्रहरीले प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीमा जागिर लगाइदिने भनेर रकम ठगी गरेको आरोपमा प्रहरीले ३२ वर्षीया लक्ष्मी कुमारी महतोलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको प्रेस नोटमा हरिपूर्वा नगरपालिका वडा नम्वर ५ का २१ वर्षीय शिवमकुमार यादवसँग नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भनेर लालबन्दी नगरपालिका वडा नम्बर १७ बस्ने महतोले ठगी गरेको उल्लेख छ।

महतोले पटक पटक गरेर दुई लाख ७५ हजार रकम लिएर ठगी गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए।

उनका अनुसार ठगीमा परेका पीडित शिवमका दाइ सिपिन्द्र प्रसाद यादवले ठगी तथा आपराधिक विश्वासघात शिर्षकमा दिएको जाहेरीका आधारमा गत आइतबार लक्ष्मीकुमारी महतोलाई पक्राउ गरिएको हो।

सर्लाही जिल्ला अदलातबाट पाँच दिनको म्याद थप गराएर हिरासतमा राखि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *