छुट्टाछुट्टै स्थानमा पाँच जनाको शव फेला

डिसी नेपाल
५ चैत २०८१ १७:५७
212
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा पाँच जनाको शव फेला परेको छ।

कैलालीको घोडाघोडी नगरपालिका-१० स्थित तुलसीपुर सामुदायिक वनको रतिपुर जाने बाटो नजिक जंगलमा सोही नगरपालिका-९ रतिपुर बस्ने ७० वर्षीय नौले बुढा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

चितवनको भरतपुर महानगरपालिका-१ देवघाटस्थित हनुमान मन्दिर नजिकै चौतारीमा अन्दाजी ६० वर्षीय पहिचान खुल्न नसकेका पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्।

यसैगरी चितवनको भरतपुर महानगरपालिका-२७ स्यालवासस्थित नारायणी नदीको टापुमा सोही महानगरपालिका-२७ बलुवाघाट बस्ने ५२ वर्षीय धन बहादुर थनेत मंगलबार मृत अवस्थामा फेला परेका छन्।

काभ्रेको भुम्लु गाउँपालिका-१० सुनकोशी नदीमा पाँचखाल नगरपालिका-९ नागबेली बस्ने ७३ वर्षीय कविराज मैनाली मंगलबार मृत अवस्थामा फेला परेका छन्।

दार्चुलाको नौगाड गाउँपालिका-२ सुण्डमुण्ड बस्ने ५५ वर्षीय नर बहादुर ठगुन्ना घर नजिकै भैँसी मेला भिरमा मंगलबार मृत अवस्थामा फेला परेका छन्। सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *