म्याग्दीमा जिप खस्दा एकको मृत्यु, चार घाइते

डिसी नेपाल
६ चैत २०८१ १३:५४
104
Shares

पोखरा । म्याग्दीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सो दुर्घटनामा परी थप चार जना गम्भिर रूपमा घाइते हुन पुगेका छन्।

मालिका गाउँपालिका–४,महभिर सुङ्रेपानीमा बुधवार बिहान ग१ज ५६१२ नम्बर बोलेरो जिप दुर्घटना हुँदा सोही वडाको च्युरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमै मृत्यु हो।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी भरत श्रेष्ठका अनुसार सुङ्रेपानीबाट च्युरीबोटतर्फ जाँदै गर्दा बिहान करिब साढे ६ बजेको समयमा अनियन्त्रित भई दुर्घटना हुन पुगेको थियो । उनका अनुसार सो जीप ६० मिटर तल खसेको थियो।

सो दुर्घटनामा परी चालक शेरबहादुर बिक्र, नगेन्द्र गोतामे, भीमप्रसाद गोतामे घाइते र यमिन्द्र रसाइली घाइते भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *