छैठौँ खेलमा आर्मी मधेश प्रदेशसँग ३ विकेटले पराजित

डिसी नेपाल
६ चैत २०८१ १९:४२
164
Shares

घोराही (दाङ)। त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रकेट प्रतियोगितामा मधेश प्रदेशसँग ३ विकेटले पराजित भएको छ। मधेशको भने यो पाँचौ खेलमा दोस्रो जित हो।

दाङको लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा आर्मीले दिएको २१८ रनको लक्ष्य मधेशले ७ विकेट गुमाएर ४८ ओभरमा पूरा गरेको हो।

मधेसका क्याप्टेन अनिलकुमार साहले ४५, हरिशंकर साहले ३८ र पवन सर्राफले ३६ रन जोडे। रूपेश सिंह ३८ रनमा नटआउट रहे।

यसअघि पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २१७ रनको योगफल दिएको थियोे थियो। आर्मीका लागि भीम सार्कीले सर्वाधिक ८९ रन जोडे। सन्तोष कार्कीले ३३ र कुशल मल्लले २४ रन बनाए। मधेशका लागि पवन सरार्फ, कमल गुप्ता र रूपेश सिंहले समान २ तथा रञ्जित कुमारले १ विकेट लिए।

दाङसहित रूपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ सुरू भएको प्रतियोगिताका खेलहरू राउण्ड रोविनका आधारमा भइरहेका छन्। आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिताअन्तर्गत दाङमा १४ वटा खेल हुने तालिका रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *