संविधान र गणतन्त्रमाथि छेडखानी गर्नु भनेको शान्ति सम्झौतालाई छेडखानी गर्नु होः प्रचण्ड

डिसी नेपाल
६ चैत २०८१ २०:२८
140
Shares

निजगढ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र गणतन्त्रमाथी छेडखानी गर्न नहुने बताएका छन्।

बाराको सिमरामा आज साँझ आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘शान्ति सम्झौता वर्तमान संविधानको एउटा अंग हो। संविधान र गणतन्त्रलाई छेडखानी गर्नु भनेको शान्ति सम्झौतालाई छेडखानी गर्नु हो।’

दाहालले संविधानलाई विकास गर्न सकिने तर पछाडि फर्काउन नसकिने स्पष्ट पारे। हुलाकी राजमार्गसँग माओवादी केन्द्र र आफ्नो भावनात्मक सम्बन्ध रहेको उनको भनाइ थियो।

दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया कुरामा मात्रै सीमित रहेको बताए। चितवन हुँदै सिमरा आइपुगेका दाहाल यसअघि स्थगित भएको तराई–मधेस जागरण अभियानलाई निरन्तरता दिन आएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *