च्याम्पियन्स ट्रफी जित्ने भारतीय टोलीलाई ५८ करोड पुरस्कार
काठमाडौं । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआइ) ले आईसीसी च्याम्पियन्स ट्रफी जित्ने भारतीय टोलीलाई नगद पुरस्कारको घोषणा गरेको छ।
बीसीसीआईले जारी गरेको विज्ञप्ति अनुसार भारतीय टोलीलाई बीसीसीआईले ५८ करोड रुपैयाँ नगद पुरस्कार दिनेछ।
विज्ञप्तिमा भनिएको छ ‘आर्थिक पुरस्कारले खेलाडीहरू, प्रशिक्षक र सहयोगी कर्मचारीहरू र पुरुष छनोट समितिका सदस्यहरूलाई सम्मान गर्दछ।’
आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा भारतीय टोलीले न्युजिल्याण्डलाई चार विकेटले हराउँदै उपाधि जितेको थियो।
बीसीसीआईका अध्यक्ष रोजर बिन्नीले भने, “लगातार दुई आईसीसी उपाधि जित्नु जत्तिको विशेष केही छैन र यो पुरस्कारले विश्व मञ्चमा भारतीय टोलीको समर्पण र उत्कृष्टतालाई मान्यता दिन्छ।”
“नगद पुरस्कार भनेको मैदान बाहिर सबैले गर्ने कडा परिश्रमको मान्यता हो।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment