प्रभु साहद्वारा संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम बहिष्कार
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम बहिष्कार गरेका छन्।
प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम औचित्यहिन रहेको भन्दै बहिष्कार गरको साहले बताए।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम बहिष्कार गरेपछि संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद साहले सांसदले सोधेको प्रश्नको जवाफै नदिएको औचित्यहिन प्रश्नोत्तर कार्यक्रम हटाउन माग समेत गरेको उनले बताए। संसदको कार्यसूचीबाट हटाउन माग गर्दा पनि नहटेपछि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम बहिष्कार गरेको उनको भनाइ छ।
सांसद साहले प्रधानमन्त्रीले साना दलका सांसदलाई हेपेको समेत बताएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment