टिपरको ठक्करबाट दाङमा ६ वर्षीय बालकको मृत्यु
दाङ। घोराहीमा टिपरको ठक्करबाट एक ६ वर्षीय बालकको मृत्यु भएको छ।
घोराही-लमही सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका-३, कुइरेपानीमा रा १ ख २५११ नम्बरको टिपरले ठक्कर दिँदा प्युठानको नौबहिनी गाउँपालिका–१ का ६ वर्षीय राजन अधिकारीको मृत्यु भएको हो।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारकै क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
दुर्घटनापछि दोषीमाथि कडा कारबाही र पीडित पक्षलाई उचित क्षतिपूर्तिको माग गर्दै स्थानीय तथा आफन्तले कुइरेपानी क्षेत्रमा घोराही-लमही सडक खण्ड अवरुद्ध पारेका छन्। सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment