कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

डिसी नेपाल
७ चैत २०८१ १७:०६
140
Shares

संखुवासभा । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

चैनपुर नगरपालिका–९ बस्ने ५१ वर्षीय चतुरमान तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

भोजपुर घर भएका ३६ वर्षीय परशुराम विकको २०६१ चैत २२ गते हत्या गरेको घटनामा जिल्ला अदालत संखुवासभाको २०६७ कात्तिक १७ गतेको फैसलाले २० वर्ष कैद सजाय ठहर गरेको थियो।

तर, फैसाला भएको लामो समयसम्म पनि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले चैनपुर नगरपालिका–९ खाम्लिङबाट पक्राउ गरेको हो।

उनलाई जिल्ला अदालत संखुवासभा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय खाँदबारी पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *