पाटन अस्पतालबाट फरार बलात्कार मुद्दाका थुनुवा पक्राउ
काठमाडौं । ललितपुरको पाटन अस्पतालबाट फरार बलात्कार मुद्दाका थुनुवा कञ्चनपुरबाट पक्राउ परेका छन्।
बुधबार दिउँसो पाटन अस्पतालको झ्यालबाट हामफालेर फरार भएका बलात्कार मुद्दाका थुनुवा अछामको रामारोशनका दीपक साउद कञ्चनपुरको झलारीबाट पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी उमेश जोशीले बिहीबार साँझ साउदलाई पक्राउ गरिएको जानकारी दिए।
साउद अस्पतालबाट फरार भएर बस चढेर झलारी पुगेको खुलेको छ। उनी प्रहरी वृत्त सातदोबाटोको हिरासतमा थिए।
बिरामी भएपछि उपचारका लागि प्रहरीले बुधबार पाटन अस्पताल लगेकोमा उनी शौचालय जाने भनेर झ्यालबाट हामफालेर फरार भएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment