जिम्बाब्वेकी क्रिस्टी कोभेन्ट्री अन्तर्राष्ट्रिय ओलम्पिक समितिको पहिलो महिला अध्यक्ष बनिन्
काठमाडौं । जिम्बाब्वेकी खेलकुद मन्त्री क्रिस्टी कोभेन्ट्री अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) को नयाँ अध्यक्षमा निर्वाचित भएकी छन्।
४२ वर्षीय पूर्व पौडीबाज कोभेन्ट्रीले ओलम्पिकमा दुई स्वर्ण पदक जितेकी छिन्। उनले जर्मनीका थोमस बेकको स्थान लिनेछिन्, जसले २०१३ देखि यो भूमिका सम्हाल्दै आएका छन्।
क्रिस्टी यो पदमा पुग्ने पहिलो महिला, पहिलो अफ्रिकी र सबैभन्दा कान्छी व्यक्ति हुन्।
पहिलो चरणको मतदानमा क्रिस्टी कोभेन्ट्रीले पूर्ण बहुमत हासिल गरिसकेकी थिइन् । उनी पहिले नै आईओसी कार्यकारी बोर्डकी सदस्य हुन्। उनी कम्तिमा अर्को आठ वर्षसम्म यो पदमा रहनेछिन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment