ठोरी गाउँपालिकाका कांग्रेस उपसभापति माओवादीमा प्रवेश

डिसी नेपाल
८ चैत २०८१ १७:१५
720
Shares

ठोरी । ठोरी गाउँपालिकाका नेपाली कांग्रेसका उपसभापति नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

जारी ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान अन्तर्गत मधेसको अन्तिम कार्यक्रममा कांग्रेस उपसभापति माओवादीमा प्रवेश गरेका हुन्।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार पर्सा जिल्ला ठोरी गाउँपालिकामा जनभेटघाट तथा जनसभामार्फतनेपाली कांग्रेस ठोरी गाउँपालिका उपसभापति केदारबहादुर देउजा पार्टीमा प्रवेश गरेका हुन्।

सचिवालयका अनुसार देउजा लगायत विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेकालाइ अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *