जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको ऐतिहासिक जित
काठमाडौं। नेपालले सिंगापुर विरुद्ध ऐतिहासिक जित हासिल गरेको छ। फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पहिलो पटक पराजित गरेको हो।
सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो। नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए। मनिष डाँगीले दाया विंगबाट दिएको पासलाई उनले पहिलो टचमै गोलमा परिणत गरेका थिए। जिलेस्पीको राष्ट्रिय टोलीबाट यो तेस्रो गोल हो।
नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो। अब नेपालले एसियन कप छनोटको तेस्रो चरणमा मलेसियाको सामना गर्नेछ। यस समूहमा भिएतनाम र लाओस पनि छन्। शीर्षस्थानमा रहेको टोलीले एसियन कप खेल्नेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment