१६०० सय किलो गाँजासहित दुई जना पक्राउ

डिसी नेपाल
९ चैत २०८१ १०:१३
280
Shares

बनियानी (झापा) । सशस्त्र प्रहरी बलले एक हजार ६३६ किलो गाँजासहित झापाबाट दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले सो परिमाणको गाँजासहित बुद्धशान्ति गाउँपालिका–४ मेची राजमार्गबाट दुई ट्रकसहित दुवै जनालाई नियन्त्रणमा लिएको हो।

इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको ट्रकबाट सशस्त्र प्रहरी बलको टोलीले शुक्रबार उनीहरूलाई नियन्त्रणमा लिएको किलो गाँजा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीका सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईंले जानकारी दिए। पक्राउ पर्नेमा धनकुटाको शहिदभूमि नगरपालिका–४ का महेश राई र इलामको माईजोगाई गाउँपालिका–२ का गङ्गाबहादुर बस्नेत रहेका छन्।

प्रहरीले जाँच गर्दा ट्रकमा ५७ बोरामा राखेर ल्याउँदै गरेको गाँजा बरामद गरेको हो। प्रहरीले उनीहरूको साथबाट रू ८७ हजार र पाँच थान मोबाइल समेत बरामद गरेको छ। उनीहरूलाई ट्रकसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *